काठमाडौं, २६ फागुन । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित हुनुभएको छ । यादवले १० हजार ४२८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले नौहजार ४८५ मत र नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले नौ हजार २२० मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । यसअघि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकातर्फबाट उम्मेदवार रहनुभएका किशोरी साह कालोसूचीमा भएको उल्लेखगर्दै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध साह सर्वोच्च अदालत जानुभएको थियो ।
सर्वोच्च अदालतले हिजो उक्त रिटमा सुनुवाइगर्दै आगामी २९ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । साथै आयोगको हिजो बसेको बैठकले निर्वाचन अधिकृतको कार्यालयलाई मतपरिणाम सार्वजनिकगर्न निर्देशनपछि विजेता घोषणा गरिएको आयोगले जनाएको छ ।