काठमाडौं,२७ फागुन । नयाँ सरकार निर्माणबारे परामर्श जारी छभने रास्वपाका सभापति रवि लामिछाने र सो पार्टीका नयाँ नेता बालेन साहबीच बिभिन्न बिषयमा बिवाद बढेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा नयाँ सरकार निर्माणबारे बिभिन्न तर्कहरु अगाडि सारिएका छन् । प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना हिजो सकिएको छ । रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको समाचारदाताहरुलाई बताउनुभएको छ ।

हाल सभापति लामिछाने बिरामी भएकाले भेटवार्ता हुननसकेको कतिपयको भनाई छ । बालेनका विश्वासपात्र तथा काठमाडौं–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले रवि लामिछानेसँग छलफल गरेर भावी प्रधानमन्त्री बालेन साहले मन्त्रीहरु छान्ने दाबि गर्नुभएको छ । बालेन पक्षले आफूहरुलाई कम्फर्टेबल हुने गरी क्याबिनेट बनाउन पाउनुपर्ने माग गरेको छभने अन्य नेताहरुले पार्टीमा सन्तुलन मिलाउनुपर्ने बताएको थाहाभएको छ ।

रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाहले आफ्नो क्याबिने आफैँ छनोटगर्ने बताउनुभएको छ । भनिन्छ प्रधानमन्त्री सुशीला कार्की आगामी चैत ५ गतेभित्र नयाँ सरकार गठनका लागि मार्गप्रशस्तगर्ने तयारीमा रहनुभएको छ । तर रास्वपाभित्रको बिवादका कारण सरकार गठन लम्बिने जानकारहरुले बताएका छन् । रास्वपाको विधान अनुसार सभापति रवि लामिछानेनै संसदीय दलको नेता र प्रधानमन्त्रि हुनुपर्ने अवस्था सिर्जना भएको बताइन्छ ।