काठमाडौं,१ चैत । रास्वपाभित्रको बिवादका कारण नयाँ सरकार गठनमा बिलम्ब भएको थाहा भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि मुलुकले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा एक साताभित्रै देशले नयाँ सरकार पाउने अपेक्षा गरिएको थियो । तर रास्वपाका नेताहरुबीचको खिचातानी, सभापति लामिछाने निर्वाचन लगत्रै बिरामी पर्नुभएको र सो पार्टीको विधानका कारण नयाँ सरकार गठनमा बिलम्ब भैरहेको बताइएको छ ।
आज बिहान सोही बिषयमा छलफलगर्न केन्द्रिय बैठक समेत बोलाईको छ । कतिपयले बालेनले चुस्त र प्रभावकारी टिममार्फत सुरुकै दिनदेखि सरकारलाई चलायमान बनाउने गरी आवश्यक गृहकार्य गरिरहेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रशासनिक कमान्डमा रहेका उच्च प्रशासकहरुले समेत पाइसकेका बताएका छन् । निर्वाचन आयोगले गत फागुन २१ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम गत बिहीबार सार्वजनिक गरेको थियो । आयोगले सार्वजनिक गरेको नतिजाअनुसार नयाँ दल रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको छ । परम्परागत राजनीतक दल नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत प्रतिरक्षामा पुग्दा रास्वपालाई दुई तिहाइ पुग्न जम्मा दुई सिटको अभाव देखिएको छ ।