काठमाडौं, ३ चैत । नेपाली कांग्रेसमा नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षधरहरुबीच बिवाद जारीरहेको छभने गगन थापा समूहमा फेरी बिभाजन हुने संकेतहरु देखिएका छन् । नेकांको टिकटमा बिजयी सांसदहरु ४० प्रतिशत मत पु¥याएर सो समूहबाट अलग हुनलागेको बताइएको छ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवामाथि गगन थापा र बिश्वप्रकाश शर्माहरुले गंभिर अन्याय गरेको भन्ने आवाज चर्को बन्दै गएको छ । यसैबीच निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुको विवरण आयोगको अभिलेखमा अद्यावधिकगर्दा नेपालको संविधान एवं कानूनबमोजिम गरिएको भनेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी एक विज्ञप्तिमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन–०७३ र सम्बन्धित दलको विधान एवं अन्य प्रचलित कानूनबमोजिम गरेको निर्णयको विषयलाई सार्वजनिक सञ्चारमाध्यममा अन्यथा अर्थ लगाई टिप्पणी गरिएकाप्रति ध्यानाकर्षण भएको जनाइएको छ । निर्णयमा चित्त नबुझाएको पक्षले कानूनी उपचार खोज्ने अधिकारबमोजिम यस विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई सम्मान गरेको र आयोगको निर्णयउपर सम्मानित सर्वोच्च अदालतबाट परीक्षण हुने आयोगले जनाएको छ । संवैधानिक निकायले गरेको निर्णय र अदालतमा विचाराधीन विषयमा कानूनका मान्यसिद्धान्त, कानूनी व्यवस्था र मानवीय मर्यादालाई समेत ख्याल नगरी सार्वजनिक सञ्चारमाध्यमबाट निराधार टीकाटिप्पणी नगर्न नगराउन आयोगले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

आयोगको कानूनप्रतिको निष्ठा र यसले सम्पादन गरेका काम कारबाहीका विषयमा आएका कपोलकल्पित एवं निराधार विषयमा विश्वास नगर्न पनि सरोकार भएका सबैमा आयोगले अनुरोध गरेको छ । सर्बोच्च अदालतमा नेपाली कांग्रेसको वैधानिकता सम्बन्धी मुद्धा बिचाराधिन रहँदै आएको छ ।