काठमाडौं, ४ चैत । तीनवटा ब्यापारिक फर्ममाथि कारवाही भएको छ । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानून विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ । विभागले स्थलगत अनुमगनको क्रममा कानून विपरितका गतिविधि गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–७ चांगाथलीस्थित एकताग्राम स्टोरलाई २० हजार जरिवाना गरेको छ ।

यस्तै किराना घर टे«ड एण्ड सप्लायर्स काठमाडौं बबरमहल र गणपति टे«ड सप्लायर्स बबरहललाई समान पाँच हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन–०७५ अनुसार कारबाही गरिएको स्पष्ट पारेको छ । विभागले थप १९ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । पछिल्ला दिनमा विभागले गैरकानूनी कारोबार नियन्त्रणगर्नका लागि निरन्तर विभागले अनुमगन गरिरहेको छ । रासस