काठमाडौं, ४ चैत । मध्यपूर्वमा दशौँ लाख मानिस भोकमरीको जोखिममा परेको राष्ट्रसंघले खुलाशा गरेको छभने युद्ध रोक्न चौतर्फी दबाव बढेको छ । संयुक्त राष्टसंघले यदि मध्यपूर्व युद्ध आगामी जुनसम्म जारी रह्योभने थप चारकरोड ५० लाख मानिसले भोकमरीको सामनागर्न सक्ने चेतावनी पनि दिएको छ । युद्धको तेस्रो हप्तासम्ममा सयौँको मृत्यु भएको छ र इरानले इजरायल र खाडी राष्ट्रहरु विरुद्ध प्रतिशोधात्मक आक्रमण गरेपछि इजरायलले लेबनानमा हेजबुल्लाहसँग पनि लडिरहेको छ ।
संयुक्त राष्टसंघको विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले जेनेभामा एक पत्रकार सम्मेलनमा बताउनु भएअनुसार यदि मध्यपूर्व द्वन्द जुनसम्म जारी रह्यो भने, थप चार करोड ५० लाख जनसंख्या महँगी वृद्धिका कारण तीव्र भोकमरीतर्फ धकेलिने । यसले विश्वव्यापी भोकमरीको स्तरलाई अहिलेसम्मकै उच्च स्तरमा पुर्याउनेछ र यो एक भयानक सम्भावना हो । यसपहिले नै तीन करोड १९ लाख मानिसहरु तीव्ररुपमा खाद्य असुरक्षाको शिकार भइरहेका छन् । स्काउले डब्ल्यूएफपीले फेब्रुअरी २८ मा युद्ध शुरुहुनु अघि नै व्यापक खाद्य संकटको सामना गरिरहेको थियो । उहाँले चरम मौसमी घटना, द्वन्द र भोकमरीको घोषणा भइरहेका कारण भोकमरी अहिलेजस्तो गम्भीर कहिल्यै भएको थिएन भन्नुभयो ।
उहाँले मध्यपूर्व युद्धका कारण डब्लुएफपीको कार्यलाई धेरै खर्चिलो बनाइरहेको बताउनुभयो । स्काउले विशेषगरी बढ्दो इन्धनको मूल्य र लामो मार्गको कारण संस्थाले आपूर्ति श्रृंखलाको अवरोधको सामना गर्न कोशिस गरिरहेको छ तर यसको सञ्चालन लागत बढेको छ । रासस,एएफपी