
काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका चर्चित एब पुराना नेता अर्जुननरसिंह केसीले सो पार्टीको प्रतिनिधिसभा संसदीय दलको नेता बन्नुहुने भएको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट सांसद हुनुभएका केसीले समेत संसदीय दलको नेतामा आफूले दाबी राख्ने बताउनु भएको छ । हिजो शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरुभएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन जानेक्रममा सञ्चारकर्मीहरुसँग केसीले उपरोक्त कुरा बताउनु भएको हो ।
उहाँले संसदीय दलको नेतामा स्वतः दाबी हुन्छ । म सबैभन्दा त्यहाँको सिनियर नेता हुँ, संसदीय अभ्यास र यात्रामा मैले धेरै ठूलो योगदान गरेको छु । अझ तपाईंहरुमध्ये कोही इतिहासलाई हेर्नुहुन्छ भने ०४७ देखिको संसद कांग्रेसको सिंगै धानिदिनेमध्ये म पनि हुँ भन्नुभएको थियो । उहाँलाई पार्टीका अन्य नेताहरुले पनि संसदीय दलको नेता बन्न आग्रह गरेको थाहाभएको छ ।