
काठमाडौं, ५ चैत । नेपाली सेनाको जंगि अड्डामा समसामयिक परिस्थितिका सम्बन्धमा छलफल भएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरुसँग छलफल गर्नुभएको हो । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरु प्यारजङग थापा, गौरवशम्शेर राणा, राजेन्द्र क्षत्री, पूर्णचन्द्र थापा र प्रभुराम शर्मासँग उहाँले मङ्गलबार छलफल र अन्तरक्रिया गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । तर छलफलको खास बिषय भने खुलाइएको छैन ।
नेपाली सेनाको जंगि अड्डामा समसामयिक परिस्थितिका सम्बन्धमा छलफल
५ चैत्र २०८२, बिहीबार ०८:२९