काठमाडौं,६ चैत । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालको केन्द्रिय समितिको बैठक आगामी १७ देखि १९ गतेसम्म दाङमा बस्ने भएको छ । त्यसअघि स्थायी समितिको बैठक हुने छ । केन्द्रिय समितिको बैठकमा क्रान्तिकारीका महासचिव सिपि गजुरेलले राजनीतिक प्रतिवेदन पेशगर्ने र त्यसमा पार्टीका नयाँ नीति तथा कार्यक्रमहरु आउने अपेक्षा गरिएको छ ।
सो पार्टीले गत फागुन २१ को संसदीय निर्वाचन बहिष्कार गरेको थियोभने अब नयाँ सरकार आएपछि नयाँ ढंगले अगाडि बढ्ने तयारी गरिरहेको सो पार्टी निकटका समाचारसूत्रहरुले बताएका छन् । सो पार्टीले दोश्रो संविधानसभा यताका कुनैपनि निर्वाचनमा भाग लिएको छैन । क्रान्तिकारीले यसअघि नै ०७२ को संविधान नेपालका बिद्यमान सबै समस्याको जड भएको ठहरगर्दै जन संविधानका लागि संघर्षमा जाने घोषणा गरिसकेको छ ।