काठमाडौं,५ चैत । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई आगामी १२ गतेमात्र शपथ गराइने भएको छ । संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार निर्वाचन आयोगले प्रतिवेदन पेश गरेपछि औपचारिकरुपमा शपथ ग्रहणको दिन तोकिने छ ।

आयोगले आज राष्ट्रपति समक्ष निर्वाचन सम्बन्धी प्रतिवेदन पेश गर्देछ । नवनिर्वाचित सांसदहरुलाई ज्येष्ठ सांसदले शपथ खुवाउने ब्यवस्था छ । निर्वाचन आयोगले नै ज्येष्ठ सांसदको नाम राष्ट्रपति कार्यालय र संसद सचिवालयमा पठाउँछ । ज्येष्ठ सांसदले शुरुमा राष्ट्रपतिबाट शपथ लिन्छन् । त्यसपछि उनले अरु सांसदहरुलाई शपथ गराउँने छन् । आगामी १२ गते सपथ सकिएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरुहुने छ ।