काठमाडौं, १२ चैत । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीको संरक्षक बन्न लालायित हुनुभएको थाहाभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका सकारात्मक काममा सहयोग रहने पनि बताउनुभएको छ । शपथ ग्रहणका लागि आज सिंहदरबार पुग्नुभएका दाहालले सञ्चारकर्मीमाझ उक्त कुरा बताउनुभएको हो । उहाँले बहुमत ल्याएर सरकार बनाउने साथीहरुलाई बधाई र शुभकामना भन्छु। सकारात्मक र रचनात्मक काममा सहयोग रहन्छ भन्नुभएको थियो ।

उहाँले गत भदौ २३ र २४ को घटनापछि पनि रास्वपाको संरक्षक बन्ने चाहना ब्यक्त गर्नुभएको थियो । गत फागुन २१ को निर्वाचनकाक्रममा रास्वपाको बिरोध गरेपनि सो निर्वाचनको मत परिणाम आएपछि आफ्नो पार्टीका ५० प्रतिशतभन्दा बढीले रास्वपालाई मत दिएको खुलाशा गर्नुभएको थियो । भनिन्छ नेपाली कम्युनिष्ट पार्टीले रास्वपासँग मिलेर संसदमा उपसभामुख प्राप्तगर्ने प्रयास गरिरहेको छ ।