काठमाडौं,१४ चैत । संविधानविद् तथा राजनीतिज्ञ निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले कसैको भलो नगर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले साह्रै नमिल्ले कुरा भइरहेको उल्लेख गनुृभएको छ ।

उहाँले सामाजिक सञ्जालमा साह्रै नै नमिल्ने कुरा भैरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन भन्ने उल्लेख गर्नुभएको छ । प्रहरीले आज शनिबार बिहानै पूर्व गृहमन्त्री लेखकलाई भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ गरेको थियो। पछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरकै गुण्डुस्थित निवासबाट पक्राउ पर्नुभएको थियो ।