काठमाडौं १५ चैत । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले बर्तमान सरकार शुरुबाटै पक्षपाति र एकपक्षीय ढंगले अगाडि बढेको ठहर गरेको छ । सो पार्टीले सरकारले कुनै पनि कमद चाल्दा सरकारले विधिको शासन, कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघनगर्न नहुने धारणा राखेको छ । नेकपाले एक विज्ञप्ति जारीगर्दै मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिनगर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भदौ २३ गतेको जेनजी आन्दोलनकाक्रममा हेलचेक्र्याइँ गरेको अभियोगमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हिजो शनिबार बिहान पक्राउ गरेको थियो । नेकपाले विज्ञप्तिमा सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट भदौ २३ र २४ गतेको घटनाको छानबिनगर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानूनी प्रक्रिया र निष्पक्षताको मान्यता उलंघन नगरोस्। राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द सिर्जना हुने कार्य नहोस्भन्ने आग्रह गर्दछ भनेको छ ।