काठमाडौं । क्षेप्यास्त्रको टुक्राले यूएईमा साजना नेपाली घाइते भएका छन् । इरानी क्षेप्यास्त्र निस्तेज पार्नेक्रममा खसेको टुक्राले उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको अबुधाबी मिडिया गल्फ न्युजले जनाएको छ । घाइतेहरुको नामावली भने सार्वजनिक भएको छैन । आबुधाबीको अजबान क्षेत्रमा भएको यो घटना यूएईको वायुसेनाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले क्षेप्यास्त्र र ड्रोन निस्तेज पार्नेक्रममा त्यसका टुक्राहरु उनीहरु भएको ठाउँमा खस्दा हुनपुगेको गल्फ न्युजले जनाएको छ ।
यो घटनामा ५ भारतीय पनि घाइते भएका छन् । अज्वान क्षेत्र अबुधाबीको अल ऐनको उत्तरतर्फ र दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ । घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालनभई प्रभावित क्षेत्रमा सुरक्षात्मक व्यवस्था कडापार्नुका साथै घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको अधिकारीहरुले बताएका छन् । यसैबीच, आबुधाबीस्थित हब्सन ग्यास उद्योग क्षेत्रमा पनि अवशेष खस्दा आगलागी भएको र केही समयका लागि सञ्चालन रोकिएको जनाइएको छ ।