बेइजिङ, २३ चैत । चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा जारी द्वन्दका कारण देखिएको तनाव न्यूनीकरणगर्न आफू मिलेर कामगर्न इच्छुक रहेको बताउनुभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभलाई फोन गरेर चीन र रुसले अन्तर्राष्ट्रिय प्रमुख सिद्धान्तका विषयमा निष्पक्षता कायम गर्नुपर्ने बताउनुभएको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले आफ्नो समाचारमा उल्लेख गरेको छ। वाङले मध्यपूर्वमा स्थिति थप बिग्रँदै गएको छ र लडाइँ बढिरहेको छ भन्नुभयो ।

उहाँले फेब्रुअरी २८ देखि शुरुभएको इरानविरुद्ध अमेरिका–इजरायल आक्रमणपछि शुरुभएको लडाइँलाई तत्काल युद्धविरामगर्न चीनले आह्वान गरेको पनि दोहोर्याउनुभयो । “संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मारुससँग सहकार्य जारी राख्न, प्रमुख मुद्दामा तत्काल संवादगर्न चीन इच्छुक रहेको चिनियाँ विदेशमन्त्री वाङलाई उद्धृत गरी सिन्ह्वाले जनाएको छ । बेइजिङ र मस्को घनिष्ठ आर्थिक र राजनीतिक साझेदार हुन् र रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि उनीहरुबिचको सम्बन्ध थप प्रगाढ भएको छ। रासस, एएफपी