काठमाडौं, २३ चैत । आज सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु सञ्चालनको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म कायम हुनेछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई गृहमन्त्रालयले हिजो राजपत्रमा प्रकाशनगरी सूचना जारीगरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरुको कार्यालय समय यही चैत २३ गतेदेखि बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म कायम हुने जनाएको हो ।

तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म कायमगर्ने राजपत्रमा प्रकाशित छ । रासस