काठमाडौं, २४ चैत । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थानगर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थल जाँदा बिभिन्न कागजात अनिवार्यरुपमा आफूसँग लिएरमात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ । विभागले विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल÷रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे) र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै हुनुहुन्छभने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो । साथै, सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्तगरेको सेवा शुल्कवापतको भौचर÷रसिद÷भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ । रासस