
काठमाडौं, २४ चैत । एमालेमा पनि बिशेष महाधिवेशनको माग भएको छभने अध्यक्ष ओली छुटेपछि निर्णय हुने बताइएको छ । एमालेका कार्यबाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापाले गत साता बिहीबार दिएको अभिव्यक्तिलाई लिएर ओली बिरोधीहरुले विवाद सिर्जना गराउने प्रयास गरेका छन् । सो बिषयलाई लिएर सचिवालयको आकस्मिक बैठकसमेत बसेको थियो। संसदको अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधनगर्दा संसदीय दलका नेतासमेत रहनुभएका थापाले निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विजयमा मुख्यतः नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की नेतृत्वको पूर्ववर्ती सरकार, जेनजी आन्दोलन छानबिनगर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोग, बारबरा फाउन्डेसन, एनजिओलगायतका संस्था र पात्रहरुको निर्णायक भूमिका रहेको बताउनुभएको थियो ।
उक्त धारणाको पार्टी उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतका नेताले खुलेर आलोचना गर्नुभएको थियो । सोही विषयलाई लिएर गत शुक्रबार सचिवालय बैठक पनि बसेको थियो । एमाले उपाध्यक्ष पौडेल र उपमहासचिव भट्टराईले थापाको भनाइ पार्टीको आधिकारिक धारणा नभएको पनि बताउनु भएको थियो । तर अध्यक्ष होली प्रहरीको हिरासतबाट आगामी बिहीबार रिहा हुनुहुने भएपछि उपरोक्त बिवाद साम्य भएको बताइएको छ ।