
काठमाडौं,२५ चैत । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममामात्र सरकारी सूचना प्रकाशन र प्रसारणगर्ने सरकारको नीति परिवर्तनगर्न आग्रह गरेको छ । महासंघले एक विज्ञप्ति जारीगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरुलाई समेत जारीगरिएको सोसम्बन्धी परिपत्र तत्काल फिर्ता गर्नसमेत सरकारसँग आग्रह गरेको छ । महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनालाई भेटी निर्णय खारेजगर्न यस विषयमा ध्यानाकर्षण गराइएको पनि जनाएको छ ।
महासंघले आज बुधबार त्यसबारे महासंघका पूर्वअध्यक्ष, भोली बिहीबार राष्ट्रिय दैनिक, साप्ताहिक, अनलाइनका सम्पादक र शुक्रबार राजनीतिक दलका संसदीय दलका नेतासँग छलफल गर्नेसमेत जनाएको छ ।