काठमाडौं,२५ चैत । बिद्यार्थी संगठनमाथिको प्रतिबन्धको बिरोध बढ्दै गएको छ । यसैक्रममा लुम्बिनी प्रदेश सभाकी सांसद तारा थापाले बिद्यार्थी र ट्रेड यूनियनको खारेजीको कडा विरोध गर्नुभएको छ । हिजो त्यहाँको संसदमा बोल्दै उहाँले बिद्यार्थी संगठन र टे«ड यूनियन खारेजगर्नु लोकतान्त्रिक अधिकार माथिको हस्तक्षेप भएको बताउनु भएको थियो । बिद्यार्थी संंगठन इतिहास र राजनीतिक चेतनाका अत्यावश्यक स्तम्भ भएको थापाको दाबी थियो ।
उहाँले बालेन सरकारले राज्यले प्रणालीगत शैक्षिक असफलताहरुको दोष बिद्यार्थी संगठनहरुमाथि लगाइरहेको छ । देशका बिद्यार्थी संगठनहरु खारेजगर्ने तर विदेशी संस्थाहरुको प्रभावलाई बेवास्ता गरिरहेको छ भन्नुभएको थियो । उहाँले बिद्यार्थी र ट्रेड यूनियनहरुलाई प्रतिबन्ध लगाउनेसाथै मिडीयाहरुलाई विज्ञापन प्रदानगर्न रोक्ने सरकारको निर्णयलाई बालेन सरकार फासीवादी दिशामा अग्रसर रहेको बताउनु भएको थियो ।