
काठमाडौं,२५ चैत । पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्यनिष्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज पनि जारी छ । केन्द्रीय कार्यालय कोटेश्वरमा गत सोमबारदेखि जारी बैठकमा संयोजक दाहालले पेशगरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरुले धारणा राख्नेक्रम जारी रहेकाले बैठक नसकिएको बताइन्छ ।
चुनावी हारको समीक्षा, पार्टी पुनर्गठन र रुपान्तरण तथा आगामी कार्यभार सम्बन्धमा छलफल भइरहेको कतिपय नेताको भनाई छ । बैठकमा विश्वको भू–राजनीतिले नेपालमा पार्नसक्ने प्रभावका बारेमा पनि बिभिन्न कुराहरु उठेको थाहा भएको छ । जानकारहरुले सो पार्टीमा आन्तरिक विवाद बढेकाले बैठक लम्बिएको बताएका छन् । आगामी शुक्रबारसम्ममा सो बैठकको निचोड आउनसक्ने कतिपयको भनाई छ ।