काठमाडौं, २७ चैत । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ । मन्त्रालयले राजपत्रमा सूचना जारीगरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन–०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोगगरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णयगरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशितगरी दर सार्वजनकि गरिएको हो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० तोकिएको छ । त्यस्तै मिनी बस, मिनी टिपर÷ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० तथा बस, ट्रक (सिंगल रियर एक्सल) प्रति सवारीसाधन प्रवेशगर्दा २६० र बाहिरिँदा २०० शुल्क तोकिएको छ ।
मल्टी एक्सल ट्रक÷सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेशगर्दा ६०० र बाहिरिँदा २५० तोकिएको छ । रासस