काठमाडौं, २९ चैत । नयाँ सरकारले कूटनीतिक सम्बन्धको पुनः संरचनागर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी राजदूतसँग एक्लै भेटवार्ता नगरेको र परराष्ट्रमन्त्री शिशिर खनालसहित सामूहिक भेटवार्ता गरेको घटनाले कूटनीतिक क्षेत्रमा नविन सन्देश प्रवाह भएको छ । दक्षिणी छिमेकी देश भारतसँगको विगतदेखि रहँदैआएको सम्बन्धमासमेत नयाँ सरकारले नयाँ तरिकाले काम शुरुगरेको बताइन्छ । पुरानो कूटनीतिक सम्बन्धको पुनरावलोकनगर्दै नयाँ प्राथमिकताहरु निर्धारणगर्ने काम चलिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

बताइएअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना सन्देश पठाएको र प्रधानमन्त्री बालेनले धन्यवाद ज्ञापन गरेको औपचारिक सम्बन्ध आदानप्रदान भइरहेका छन्, यसै सिलसिलामा दुवै प्रधानमन्त्रीबिच भ्रमणका लागि निम्ता आदानप्रदान भइसकेको छ । प्रधानमन्त्रीस्तरको राजकीय भ्रमण अनायासै घुमफिर गरेर फर्किने कुरामात्रै पनि होइन । द्विपक्षीय सम्बन्धका प्राथमिकता निर्धारण गरेरमात्रै थप प्रक्रिया अगाडि बढ्नेछ ।

नेपाल–भारत सम्बन्धमा विगतदेखिनै रहेका संयुक्त संयन्त्रहरुले प्राथमिकता निर्धारणको कामगर्ने स्रोतले जनाएको छ । विदेश भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटवार्तामा नेपाल–भारत बीचमा रहेका संयुक्त संयन्त्रहरु सक्रिय बनाउनेबारे छलफल भएको जानकारी दिनुभएको छ । बर्तमान सरकारले भारतसँगको नियमित सम्बन्धलाई पुनर्लेखनगर्दै नेपालको हितमा अधिकतम उपयोग गर्न सकिने गरी पुखर्लेखन गरेको चाहेको सरकारी सूत्रहरुले उल्लेख गरेका छन् ।