
काठमाडौं, २९ चैत । नेककपा संयुक्तको राष्ट्रिय सम्मेलन आगामी मंसिरमा हुने भएको छ । सो पार्टीको आयोजक कमिटीको बैठकले राष्ट्रिय सम्मेलन ०८३ मंसिरमा आयोजनागर्ने निर्णय गरेको हो । बैठकले असोज महिनाभित्र जिल्ला तहमा संगठन विस्तार गरिसक्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जारीगरेको विज्ञप्तिमा उल्लेख छ । बैठकले संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र आर्थिक प्रतिवेदन पनि पारित गरेको गरेको छ। सो पार्टीले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेको आरोप लगाएको छ । हिजो शनिबार बसेको महाधिवेशन आयोजक समिति बैठकले उक्त आरोप लगाएको हो ।
नेकपा संयुक्तले कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही रहेकाले अर्को आयोग गठन गरेर भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष जाँचबुझगर्न मागसमेत गरेको छ । पार्टीका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले विज्ञप्ति जारीगर्दै उक्त माग गर्नुभएको हो । उहाँले ०४८ सालदेखिका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्यक्ति, न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिनगर्न उच्चस्तरीय छानबिन समिति गठनगरी कारबाहीगर्न मागसमेत गर्नुभएको छ ।