काठमाडौं, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने घोषणा गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले उपरोक्त कुरा बताउनु भएको हो । उहाँले जनताको बहुदलीय जनवादका माध्यमबाट आजका चुनौती सामानागर्दै अगाडि बढ्ने दाबि गर्नुभएको थियो ।
महासचिव पोखरेलले हालको निराशालाई संकल्पमा बदल्ने छाँै र संकल्पलाई आशामा बदल्ने छौ । सत्ता र केन्द्रमुखी भएर जनताबीचमा पुग्न नसक्दा कम्युनिष्ट आन्दोलन पछाडि परेकाले अबको पाँच वर्ष प्रतिपक्षमा रहेर जनतासँग जोडिने छौँ भन्नुभएको थियो । उहाँले यसपटक पार्टीको पराजय भएपनि अब मुलुकको बलियो र निर्णायक शक्तिकारुपमा स्थापित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । ०६४ सालको संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौँ । यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चयगर्र्दै फेरि आउने चुनावमा यो अवस्था बदल्ने महासचिव पोखरेलको भनाइ थियो ।
पार्टी सचिव पद्मा अर्यालले फेरि जनतासँग जोडेर पार्टीलाई माथि उठाइने बताउनुभएको थियो । सम्पर्क विशेष संगठन कमिटीका अध्यक्ष अशोक ठकुरीले पार्टीलाई फेरि एकीकृत गरेर लैजान विशेष भूमिका निर्बाह गरिने बताउनुभएको थियो ।