काठमाडौं,३० चैत । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग गरेको छ । महासंघले एक विज्ञप्ति जारीगरी देशभर धान र कोदोको बीउ राख्ने, मकै गोड्ने, चैते धानमा मल हाल्ने र वर्षे तरकारीखेती गर्ने संवेदनशील समयमा देशभर रासायनिक मलको अभाव भएको जनाउँदै आपूर्ति सुनिश्चितगर्न सरकारसँग माग गरेको हो । महासंघले विज्ञप्तिमा धान, मकै र कोदो नेपालको राष्ट्रिय अर्थतन्त्र र किसानहरुको जीवन, जीविका र नागरिकको खाद्य सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने रणनीतिक बाली हुन्, यस्ता बालीहरुको खेतीगर्ने मुख्य समयमा रासायनिक मलको अभाव हुनु, किसानहरु खेतीपाती छोडेर मलका लागि लाइन लाग्ने र चर्को मूल्यमा मल किन्न बाध्य हुनु दुर्भाग्यपूर्ण छ ।

यो समस्या समाधान गरिनुपर्छ भनेको छ । महासंघले कालोबजारी नियन्त्रण, दीर्घकालीनरुपमा समस्या समाधानको योजना तर्जुमा र साना तथा उत्पादक किसानको हितलाई ध्यानदिँदै प्राथमिकताका आधारमा मल वितरणगर्न पनि माग पनि गरेको छ ।