
काठमाडौं,१ बैशाख । नेकपाका संयोजक लोकनारायण सुवेदीले नब बर्ष २०८३ को अबसरमा सम्पूर्ण पार्टी पंक्तिमा देश र जनताका हितमा अझ बढी एकताबद्ध, अझ बढी सक्रिय, अझ बढी अनुशासित र अझ बढी संघर्षशील भएर अघि बढ्ने दृढ संकल्प गरौभन्ने हार्दिक आह्वान गर्दै सबैमा शुभ कामना ब्यक्त गर्नुभएको छ ।
उहाँले एक शुभकामना सन्देशमा यस अवसरमा बिभिन्न आन्तरिक र बाह्य कारणले देशको सार्बभौमिक अखण्डता, राष्ट्रय स्वाधीनता, जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता तथा जन जीबिकामाथि अपूर्ब खतरा मडारिइरहेको परिप्रेक्षमा तिनको रक्षा र सुदृढीकरणका निम्ति संघर्षशील सम्पूर्ण शक्तिकासाथै शोषित पीडित नेपाली जनसमुदायहरुमा बर्गीय शोषण र सामाजिक उत्पीडन तथा सबै किमिसका बाह्य हस्तक्षेपका बिरुद्ध सचेत र एकजुट भएर हातेमालो गर्दै अघिबढैंभन्ने हार्दिक आग्रहकासाथ सबैमा नयाँ बर्षको शुभकाना प्रकट गर्दछु भन्नुभएको छ ।