काठमाडौं,१ बैशाख । एमालेका अध्यक्ष केपी ओलीले नयाँ बर्ष २०८३ का उपलक्षमा एक शुभकामना बक्तब्य जारीगर्दै समृद्ध नेपालका लागि चुनौतीहरुसँग सामनागर्न सबैसँग आग्रह गर्नुभएको छ । नयाँ वर्षको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामनादिँदै उहाँले इतिहासको समीक्षागर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि पाको अनुभव र नवयुवा ऊर्जाबीचको एक सार्थक सिनर्जी सिर्जना गरोस् भनेर शुभकामना दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना ! लेख्नुभएको छ ।