काठमाडौं,२ वैशाख । नेपालका नयाँ प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता आएको तर मिति नतोकिएको थाहाभएको छ । यसअघिका प्रधानमन्त्रि केपी ओलीलाई पनि यस्तै घटना भएको थियो । भनिन्छ भारतले बिभिन्न संयन्त्र मार्फत नेपालका नयाँ प्रधानमन्त्रिसँग संझौता र सहमतिका एजेण्डाबारे छलफल अगाडि बढाएको छ । जुन एजेण्डाबारे यसअघि तत्कालीन प्रधानमन्त्रि केपी ओलीसँग पनि छलफल भएको थियो । तर उहाँले ति एजेण्डा स्वीकारगर्न नसक्दा भ्रमण हुन सकेको थिएन ।
ओलीपछि प्रधानमन्त्रि हुनुभएकी सुशीला कार्कीलाई भारत भ्रमणको कुनै निम्तो आएको थिएन । हाल नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई गत चैतमा बधाईसँगै भारतबाट निम्ता आएको प्रचारगर्न थालिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले नवौं हिन्द महासागर सम्मेलनमा सहभागीभई नेपाल फर्कने क्रममा प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो आएको खुलाशा गर्नुभएको थियो । भ्रमणको मिति तोक्न भने बाँकी रहेको उहाँको भनाइ थियो। तर परराष्ट्र मन्त्रालयले हालसम्म प्रधानमन्त्रीको भारत भ्रमणको कुनै तयारी गरिरहेको छैन । अब भारतबाट विदेश सचिव बिक्रम मिश्री नेपाल आउने र एजेण्डामा सहमति भएपछिमात्र मिति तोकिने बताउन थालिएको छ ।
विमानस्थलमा मन्त्री खनालले भारतीय विदेशमन्त्रीसँग भएको छलफलबारे जानकारीदिँदै उच्चस्तरीय भ्रमणका लागि सरकारले पहिले आफ्नो प्राथमिकता निर्धारण गर्नुपर्ने बताउनुभएको थियो । त्यसका लागि अहिले नेपाल र भारतबीच रहेका संयन्त्रहरुले सक्रियताकासाथ काम गरिरहेको उहाँको भनाई थियो । भारतसँग ४० वटाभन्दा बढी संयन्त्र रहेको र ती संयन्त्रहरु सक्रिय हुनुपर्ने उनको धारणा थियो । परराष्ट्रमन्त्री खनालले मौरिससमै गत साता शुक्रबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । यसअघि तत्कालीन प्रधानमन्त्रि पुष्पकमल दाहालले ०८० जेठ १७ देखि २० गतेसम्म चार दिने भारत भ्रमण गर्नुभएको थियो ।