
काठमाडौं,३ वैशाख । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अर्थतन्त्रमा चुनौती रहेको खुलाशा गर्नुभएको छ । उहाँले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउनेगरी बजेट केन्द्रित गरिने बताउनुभएको छ । नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा उहाँले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताउनुभएको होे ।
अर्थमन्त्री डा वाग्लेले पूँजीको विकास, रोजगारीको समस्या, बढ्दो मूल्यवृद्धि न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले उद्यमशीलताको प्रवद्र्धन र स्वदेशी उत्पादन वृद्धिमार्फत आत्मनिर्भर तथा सबल अर्थतन्त्र निर्माणगर्न सरकार सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको बताउनु भएको छ । अर्थमन्त्री डा वाग्लेले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यगरी सुशासन कायमगर्न सबै जिम्मेवार हुने पर्नेभन्दै रोजगारी सिर्जनागर्ने विषयलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।