
काठमाडौं,३ वैशाख । गत फागुन २१ को निर्वाचनमा अनपेक्षित पराजयपछि एमाले पार्टी पुनर्गठनको तयारीमा जुटेको थाहाभएको छ । सो पार्टीका महासचिव शंकर पोखरेलले आफूहरु निर्वाचनमा पराजयपछि समीक्षाको चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै निर्वाचन समीक्षाको काम वडा, पालिका र जिल्ला तहमा सञ्चालन भइरहेको बताउनु भएको हो । प्रदेशबाट समीक्षा प्रतिवेदन प्राप्त भइसकेपछि केन्द्रीय सचिवालयकातर्फबाट समीक्षा प्रतिवेदन तयार गरिने भनिएको छ । निर्वाचनको समीक्षाका सन्दर्भमा केन्द्रीय सचिवालयले अनलाइन प्रश्नावली तयारगरी अगुवा कार्यकर्ताबाट व्यक्तिगत सुझावसमेत संकलन गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
सम्पूर्ण तथ्य र सुझावका आधारमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा केन्द्रीय सचिवालयमार्फत केन्द्रीय कमिटीले समग्र समीक्षा गरी पार्टीको संस्थागत दृष्टिकोण तयगर्ने महासचिव पोखरेलको भनाई छ । निर्वाचन समीक्षाका आधारमा पार्टीलाई योजनाबद्ध रुपमा पुनर्जागृत र पुनर्गठित गरिने उहाँको भनाइ छ ।