काठमाण्डौ,७ वैशाख । नेपाल निजामती कर्मचारी संगठनको ३६औँ स्थापना दिवसका अवसरमा हिजो काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवामा ट्रेड यूनियन अभ्यास’ विषयक छलफलमा सहभागीहरुले सरकारले कर्मचारीतन्त्रमा राजनीतिक दलनिकट विभिन्न संगसंगठन खारेजगर्ने तयारी गरेको सन्दर्भमा ट्रेड यूनियन अधिकारभने रक्षा हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले संविधानको मौलिक हकमा श्रमिक भन्नाले शारीरिक र बौद्धिक श्रमिक दुवै उल्लेख भएकाले संविधान संशोधन गरिए पनि आधिकारीक ट्रेड यूनियन संरक्षित हुनुपर्नेमा जोड दिनुभउको थियो । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठ, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, पेसागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, सार्वजनिक सेवासम्बन्धी अन्तरराष्ट्रिय यूनियनका अध्यक्ष भोला पोखरेल, संगठनका महासचिव आरसी अधिकारीले ऐतिहासिक, कानूनी र विश्वका लोकतान्त्रिक अभ्यासका दृष्टिमा ट्रेड यूनियन अधिकारबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
संगठका अध्यक्ष भवानी न्यौपाने दाहालले संरक्षित अधिकारसँगै पेसागत प्रगतिको कामनागर्दै स्थापना दिवसको शुभकामना दिनुभएको थियो ।