काठमाडौं,७ वैशाख । आज अमेरिकी सहायक विदेशमन्त्री एस. पावल कपुर तीनदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको थाहाभएको छ । उहाँको भ्रमणको मुख्यउद्देश्य नेपालको नयाँ सरकारलाई अमेरिकाको नेपाल नीतिबारे जानकारी गराउने र एमसीसीको म्याद एकबर्ष थप्नेबारे छलफल हुने रहेको सूत्रहरुले उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका खास मान्छेकारुपमा चिनिएका कपुर दक्षिण तथा मध्यएशिया पनि हेर्ने जिम्मेवारीमा रहनुभएको छ ।
राष्ट्रपति ट्रम्पले तत्कालीन अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई हटाएर ०८१ को फागुनमा कपुरलाई नियुक्त गर्नुभएको थियो । सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमण आउन लागेकोमा त्यसलाई अर्थपूर्णरुपमा लिएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा मामिला विभागका प्राध्यापकसमेत रहिसक्नु भएका कपूरले राष्ट्रपति ट्रम्पको अघिल्लो कार्यकालको अन्तिम वर्षमा विदेश विभागको नीति योजना टोलीमा सन् २०२०–२१ सम्म पनि काम गर्नुभएको थियो । विदेश विभागको कर्मचारी रहेकै समयमा उहाँ दक्षिण एशियाली सुरक्षा, आणविक रणनीति, तथा अन्तर्राष्ट्रिय सम्बन्धका विशेषज्ञ मानिनु हुन्थ्यो ।
आज नेपाल भ्रमणमा आउन लाग्नुभएका सहायक विदेशमन्त्री कपुरले क्षेत्रीय स्थिरता, सुरक्षा, र सहकार्यका विषयमा नेपालसँग धारणा आदानप्रदान गर्ने बताइएको छ । उहाँले भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसहित उच्चस्तरीय भेटघाटगर्ने कार्यक्रम छ । प्रधानमन्त्री बालेन्द्रसँग भेटघाट हुनेकि नहुने भन्ने खुलेको छैन ।