काठमाण्डौ,७ वैशाख । नेपाली कांग्रेसका नेता गगन थापालाई सभापति पद छाड्न दबाव बढेको थाहाभएको छ । थापाले हिजो साँझ देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पार्टी एकताका लागि छलफलगर्दा उपरोक्त प्रस्ताव आएको हो । नेता खड्काले गगन थापाहरुले गरेको बिशेष महाधिवेशन अगाडिकै अवस्थामा रहेर आगामी नियमित महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो । थापा नेता खड्कालाई भेट्न खड्का निवास गोल्फुटार पुग्नुभएको थियो ।

पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहलगर्न नेता खड्कासँग भेट गरेको थापाले बताउनुभएको छ । सर्वोच्च अदालतको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको उहाँको भनाइ छ । उहाँले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रुपान्तरण तथा सुदृढ बनाउने अवसरकारुपमा उपयोगगर्न आम कांग्रेस नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ । तर देउवा पक्षले भने बिशेष महाधिवेशनलाई मान्यता दिएको छैन ।