काठमाण्डौ,७ वैशाख । अब सरकारी कर्मचारीलाई १५ दिनमै तलब आउने भएको छ । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयगर्दै सरकारी कर्मचारीलाई १५–१५ दिनमै तलब र भत्ता उपलब्ध गराउन परिपत्र जारी गरेको हो । वैशाख ४ गतेको निर्णयमा मासिक रुपमा दिइँदै आएको तलबलाई अर्धमासिकरुपमा भुक्तानी गर्ने परिपाटीको शुरुवात गर्ने उल्लेख छ ।
मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णयगरी महालेखा नियन्त्रक कार्यालयलाई समेत निर्णय कार्यान्वयनका लागि परिपत्र गरिसकेको थाहा भएको छ ।