
काठमाडौं,८ वैशाख । नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा बिभिन्न भेटमा सक्रिय रहनुभएको थाहा भएको छ । उहाँले हिजो सोमबार नेपालका सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा अमेरिकी व्यावसायिक अवसर विस्तारबारे उद्योग क्षेत्रका नेतृत्वकर्तासँग छलफल गर्नुभएको थाहाभएको छ । उहाँले हिजो आयोजित एक कार्यक्रममा डिजिटल पूर्वाधार विस्तार एवं सुदृढीकरणगर्ने, कृत्रिम बुद्धिमत्ताको प्रयोग बढाउने, साइबर सुरक्षा मजबुत बनाउने विषयमा छलफल गर्नुभएको थियो ।
त्यसक्रममा अमेरिकी प्रविधिगत दक्षता साझेदारीगर्ने उपायबारे पनि चर्चा गरिएको थियो । अमेरिकी सहायक विदेशमन्त्री पलले हिजै रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमा रास्वपाका सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लाग्यो । नयाँ सरकारमा रास्वपाका प्राथमिकताबारे जान्ने अवसर मिल्यो । अमेरिका–नेपाल सहकार्यका सम्भावित क्षेत्रहरुबारे पनि छलफल भयो भन्ने उल्लेख गर्नुभएको छ ।