काठमाडौं,९ वैशाख । पूर्ब माओवादी नेता तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीका उपलक्षमा आज एक बक्तब्य प्रकाशितगरी समाजवाद, साम्यवाद र वामपन्थी एकताको संझना गर्नुभएको छ । सन्देशमा संयोजक दाहालले ००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिष्ट पार्टीले सामन्ती निरंकुशताको अन्त्य गरी देशलाई गणतन्त्रको दिशामा डोहो¥याउन ऐतिहासिक भूमिका खेलेको स्मरण पनि गर्नुभएको छ । सन्देशमा आज शोषण, दमन र विभेदका नयाँ स्वरुपहरु देखापरेका छन् । साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्णरुपमा स्थापित हुन सकेको छैन ।

त्यसैले समाजमा विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ भन्नुभएको छ । उहाँले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद र फासिवादी प्रवृत्तिका विरुद्ध लड्न महान् लेनिनका शिक्षाहरु अझ सान्दर्भिक भएकोसमेत उल्लेख गर्नुभएको छ । संयोजक दाहालले नेपाली क्रान्तिलाई नयाँ उचाइमा पु¥याउन र समतामूलक समाज निर्माणगर्न छरिएर रहेका सम्पूर्ण वामपन्थी शक्तिहरु एक हुनुपर्नेमा विशेष जोड दिनुभएको छ ।

उहाँले कम्युनिष्ट आन्दोलनले मात्र उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको वास्तविक संरक्षणगर्न सक्छ । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु भन्नुभएको छ ।