काठमाडौं,८ वैशाख । बर्तमान सरकारका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन बाध्य हुने अवस्था सिर्जना हुँदैगएको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धलाई लिएर रास्वपा भित्र र बाहिरसमेत सुधन गुरुङमाथि राजीनामाको दबाब बढेको जानकारहरुको भनाई छ । गृहमन्त्री गुरुङमाथि लागेको मुख्य आरोप व्यवसायी दीपक भट्टसँगको व्यावसायिक साझेदारी भएको थाहा भएको ।

हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा प्रहरी हिरासतमा रहेका भट्ट समूहले सेटिङमा हात पारेको एक लघु बिमा कम्पनीमा गृहमन्त्री गुरुङकोसमेत सेयर रहेको समाचार बाहिरिएको छ । जेनजी मुभमेन्ट नेपाललगायतका विभिन्न नागरिक समूहले गृहमन्त्री गुरुङलाई पदबाट बर्खास्त गरेर निष्पक्ष छानबिन गर्नुपर्ने मागराख्दै आन्दोलनको थालनी गरेका छन् । त्यस्तै जेनजी आन्दोलनपछि खरिद गरेको सेयरबारे सम्पत्ति विवरणमा नखुलाएको आरोप पनि उउहाँमाथि लागेको छ ।

कतिपयले नेपालको प्रचलित कानूनले नदिने मापदण्डको २०० रोपनी जग्गा होल्डगर्नु, भ्रष्ट भनेका व्यक्तिसँग आर्थिक कारोबार देखिनु, सम्पत्ति विवरण सार्वजनिकगर्दा सम्पूर्ण सेयरहरु पनि सार्वजनिक नगर्नुले उहाँको नियत राम्रो देखिएन भनेका छन् । नेकपा बहुमतसम्बद्ध अखिल क्रानितकारीले हिजै गृहमन्त्रि गुरुङको राजीनामाको मागगर्दै काठमाडौंको माइति घरमा प्रदर्शन गरेको थियो ।