काठमाडौं,८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका संयोजक लोकनारायण सुवेदीले एक बक्तब्य प्रकाशित गरी सो पार्टीको सचिवालय बैठकले देशका बिभिन्न समसामयिक बिषयमा बिभिन्न निर्णय गरेको जानकारी दिनु भएको छ । संयोजक सुवेदीले दिनुभएको जानकारीअनुसार बैठकले गरेका निर्णयहरुमा १.असाधारण अन्तर्राष्ट्रिय स्थितिमा पनि आफ्ना वरिपरीका छिमेकमाभन्दा नेपालमा सबैभन्दा बढी पेट्रोलिय पदार्थको मूल्य बृद्धिलेगर्दा त्यसबाट न्यून र निश्चत आयस्तर भएका देशको दुइ तिहाईभन्दा बढी नेपाली जनतालाई दैनिक जीवन धान्न अत्यन्तै गाह«ो र आच्छुआच्छु परिरहेको छ । बर्तमान दुइ तिहाईको शक्तिशाली सरकार राजनीतिक होहल्ला त स्मार्ट तरीकाले नै गरिरहेको छ । तर जनताको दैनिक उपभोगका अत्याबश्यक बस्तुहरुमा दिनानुदिन बढिरहेको मँहगीको मारले जनत नराम्रोसँग पिल्सिरहेका छन् । पेट्रोलियमा पदार्थको बिकल्प हुनसक्ने इण्डक्सन(बिद्यूतीय चुलो र भान्सामा चाहिले बिद्यूतीय भाँडाकुडा लगायत खाद्यान्न, दाल, तरकारी समेतको भाउ अनियन्त्रितरुपमा बढाइएको र मूल्य आकासिएको छ ।
पेट्रोलियमा पदार्थको मूल्य बृद्धिलाई निहुँ बनाएर यतायात र ढुवानी भाडा जथाभाबी बढाउदा जनताको अझ नराम्रोसँग ढाड सेकिएको छ । यतातिर सरकारको समयमै तत्कालै गम्भीर ध्यान गएन र यो कृत्रिम मूल्यबृद्धि, कालोबजारी, तस्करी रोक्न प्रभावकारी कदम चालिएन भने स्थिति अनियन्त्रित र बिस्फोटक हुने खतरा टड्कारो छभन्ने यथार्थ प्रष्टरुरुपमा औल्याउदै दुइ तिहाईको सरकारले जनतामाथिको लादिएको महगीको पीर मार्कातुरुन्त हटाउन दुइतिहाईको क्षमता सरकारले तत्काल देखाअओस् भन्ने नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ २. रोजगारीहीन मानव र प्रकृतिद्रोही निर्मम शोषण र दोहनमा आधारित परनिर्भर बिकास प्रणालीबाट मुक्त भएर राष्ट्रिय पूँजीको पुनर्निर्माण, प्रबद्र्धन र राष्ट्रिय बजारको अभबृद्धि तथा रोजगारीमूलक गुणस्तरीय, मानब मैत्री उन्नत बिकासको सही बाटोमा अग्रसर हुने नीति र कार्यक्रम र तदनुरुपको बजेट ल्याउन तथा राष्ट्रको समग्र क्षमता अभिबृद्धिगर्ने सही बाटोमा लाग्न बैठकले माग गरेको छ । निजीकरण र उर्जाशील मानब श्रोत निर्यातले परनिर्भता बढाउन बाहेक अरु केही गरेको छैन १९८० को दशकयताको अहिलेसम्मको अर्थ–राजनीतिक अनुभवले प्रष्टपारेको बैठकले औंल्याएको छ ।३. नेपालमा लामो समयदेखि निरन्तर ब्यापक बिरोध भइरहेको राष्ट्रघाती एसपीपी(स्टेट पर्टनरसीप पोग्राम) सम्झौता यो सरकारलेगर्न लगेको र दुइ तिहाई जनताको मतको ठाडै अपमान गरिनलागेको ब्यापक प्रचार प्रसार भइरहँदा पनि सरकाले आधिकारिकरुपमा केही नबोलेको र मौन बसेकोलेगर्दा देशको सार्बभौमिक अखण्डता र अस्तित्व नै गम्भीर खतरामा पर्ने अपूर्ब सन्त्रास सर्बत्र फैलिएको छ । यसबारे सरकारले तुरुन्त यथार्थ प्रष्टरुपमा सार्बजनिक गरोस् र राष्ट्रको सार्बभौमिक अक्षुण्णतामाथि आघात र आँच पुग्ने कुनै पनि यस्ता राष्ट्रघाती समझौता सरकाले नगरोस् भन्ने पनि नेपाल कम्युनिष्ट पार्टी पुनः जोडदार माग गर्दछ ।
४.नेपालको बिकासको भाग्य र भबिष्य सुरक्षित र सुनिश्चित गर्ने यूरेनियम जस्तो महत्वपूर्ण र दुर्लभ खनिज पदार्थ रहेको मुस्तांङ्गको लोमाथांकाजस्तो चीनका नजिक रहेको संबेदनशील क्षत्रेमा बिदेशशी सेनालाई जिम्मा दिने र नेपालका उदीयमान छिमेकी रष्ट्रहरुसँगको सम्वन्ध थप खल्बल्याउने जुन प्रपञ्च हुन गइरहेको चारैतिर चर्चा परिचर्चा भइरहेको छ त्यसको यथार्थ वास्तबिकता जन समस्य ल्याउन र नेपालको राष्ट्रिय हित र छिमेकीहरुको संबेदनशीलतामा खलल पुर्यउने कुनै सन्देहपूर्ण गतिबिधि हुन नदेऊ भन्ने जोडदार माग पनि बैठकले गरेको छ ।४. हाम्रो भू–राजनीतिक र रणनीतिक अबस्थितिलाई खल्बल्याउने र देशलाई शक्तिराष्ट्रहरुको रण मैदान बनाउने अबाञ्छित दिशामा देशलाई धकेल्न नदिन पञ्चशील, असंलग्नता, संयुक्त राष्ट्रको बडापत्र र स्वीकृत अन्तर्राष्ट्रिय कानून तथा स्वाधीन राष्ट्रहरुको सार्बभौकिताको सिद्धान्तमा दृढतापूर्बक खडा हुन र बाह्य दबाबमा आत्मसमर्पण नगर्न तथा राष्ट्रिय स्वाभीमानलाई दृढतापूर्बक अक्षुण्ण राख्न छिमेकी देश लगायत शक्तिराष्ट्रहरुसँग अनाक्रमण सन्धि गर्ने तथा नेपाललाई शान्ति प्रवद्र्धन गर्ने बिश्व केन्द्र बनाउने समयिक प्रस्ताव अघि बढाउन पनि नेपाल कम्युनिष्ट पार्टी आफ्नो माग पुन दोहोर्याउँछ र सबै राष्ट्र समुदायसँग सम–मैत्री(इकवी–फ्रण्डली) सम्वन्ध कायमगर्न पुनः जोड दिन्छ ।
५. जनताले बिगतमा लामो र बलिदानपूर्ण र दुर्धर्ष संघर्ष गरेर प्राप्त गरेका जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्र तथा ट्रेड यूनियन लगायतका जन अधिकारहरुमाथि नियन्त्रण र निषेध होइन, नियमन र रुपान्तरणगर्दै जनता र राष्ट्रको हितमा प्रबद्र्धन र प्रयुक्त गर्ने दिशामा लाग्न पनि नेपाल कम्युनिष्ट पार्र्टी सरकार समक्ष जोडदार आबाज उठाउँदछ । ६. बिश्वमा थोपरिएका नरसंहार र जातिसंहारका अन्यायपूर्ण र बिनाशकारी युद्धहरु रोक्न, दीगो शान्ति स्थापना गर्न आणबिक, परमाणबिक, रासायनिक तथा जैबिक सबै किसिमका बिध्वंशकारी हातहतियारको होडबाजी मुक्त बिश्व निर्माणमा अघि बढन संयुक्त राष्ट्रसंघलगायत अन्य उदीयमान बिश्व संगठनहरु अग्रसर होउन् भन्ने सार्थक माग पनि बैठकले गरेको छ । ७. जनता र राष्ट्रको बजेट र सम्पत्ति हिनमिना गर्ने,ठगी गर्ने सबै किसिमका भ्रष्टाचारी र ठगहरुको सम्पत्ति छानबिन र अधिकतम कडा कारबाहीगर्न तथा अन्तराष्ट्रिय क्षेत्रमा लुकाइएको सम्पत्ति फिर्ता ल्याउन समेत ठोस र प्रभावकारी कदम चाल्न तथासमग्र शासन प्रशासनलाई नीति र ब्यबहार दुबै स्तरमा जनमुखी र जिम्मेवार तुल्याउँदै शासन र शोषण होइन भन्ने कुरालाई मनन गर्दै जनताको सेवा र सामुहीक समृद्धिको सहीबाटो लाग्ने सार्थक नीति, कार्यक्रम र बजेट ल्याइयोस भन्ने पनि बैठकलले माग गरेको छ ।