काठमाडौं,१६ वैशाख । आज बिहान बेहोस अवस्थामा ललितपुरको किष्ट अस्पताल भर्ना हुनुभएकी प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएको थाहाभएको छ । भनिन्छ उहाँलाई बेहोस अवस्थामै उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
उपसभामुख ठाकुरलाई गएराति ज्वरो आएको थियो । बिहान अस्पताल पुग्दा उहाँको सुगर लेभल एकदमै कम रहेको थियो । दिउँसोबाट उहाँ होसमा आएको र स्वास्थ्यमा सुधार आएको बताइएको छ ।