नयाँदिल्ली, २१ वैशाख । भारतको पश्चिम बंगाल, असम, केरला र तामिलनाडुको विधान सभा निर्वाचनको मतगणना सोमबार हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । राज्यमा विधानसभाका लागि पश्चिम बंगाल, असम, केरला र तामिलनाडुको चुनाव दुई चरणमा अप्रिल २३ र अप्रिल २९ मा भएको थियोभने मतगणना निर्वाचनको मिति घोषणा गरेकै दिन मे ४ अर्थात् आज सोमबारका लागि तयगरिएको थियो । ती सबै राज्यका एकाध क्षेत्रमा भएका विवादका कारण पुनः मतदानगर्ने कार्यक्रमबाहेक विधानसभा चुनाव दुई चरणमा अप्रिल २३ र अप्रिल २९ मा सफलतापूर्व सम्पन्न भएको थियोभने मतगणना मे ४ अर्थात् आज सोमबार हुनेछ ।
त्यस्तै, विवादका कारण रद्द भएको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको फाल्टा विधानसभा सिटका सबै २८५ मतदान केन्द्रहरुमा मे २१ मा पुनः मतदानगर्न निर्वाचन आयोगले निर्देशन दिएको एक सरकारी अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अप्रिल २९ मा फाल्टामा भएको दोस्रो चरणको मतदानमा लोकतान्त्रिक प्रक्रियालाई कमजोर पार्ने गम्भीर चुनावी अनियमितताका घटनालाई मध्यनजर गर्र्दै यो निर्णय लिइएको हो । निर्वाचन आयोगले फाल्टामा सबै मतदान केन्द्र (सहायक मतदान केन्द्रसहित) मा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म पुनः मतदान हुने जनाएको छ । मतदान स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगले गर्न सकियोस् भनी निर्वाचनका दिन ‘कडा सुरक्षा व्यवस्था’ गरिनेछ । उक्त निर्वाचन क्षेत्रको मतगणना मे २४ मा हुने उहाँले बताउनुभयो । यसैबीच, पश्चिम बङ्गाल विधानसभाको दुई सिट (मगरहाट पश्चिम र डायमन्ड हार्बर) का १५ वटा मतदान केन्द्रमा शनिबार (मे २) मा पुनः मतदान भएको छ । तृणमूलका नेताहरुले मतदातालाई प्रभावितपार्न धम्की र कुटपिट गरेको आरोपबीच स्थानीयले शनिबार विरोध प्रदर्शन गरेपछि फाल्टामा कडा सुरक्षा व्यवस्थासहित पुनः मतदान गरिने भएको हो ।
मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र अन्य फिल्ड अधिकृतको प्रतिवेदन, पर्यवेक्षकको अनुगमन र उपलब्ध सम्पूर्ण अभिलेखको गम्भीर अध्ययनपछि आयोगले उक्त निर्णय गरेको जनाएको छ । पर्यवेक्षकहरुको रिपोर्टमा मतदाताहरुलाई धम्की, मतदान केन्द्रहरुमा अनधिकृत व्यक्तिहरुको उपस्थिति र सम्भावित दुव्र्यवहार भएको आरोप लगाइएको थियो । आयोगको आदेशमा भनिएको छ–मतदान प्रक्रियालाई दूषितगर्दै रिपोर्ट गरिएका घटनाहरुको गम्भीरतालाई मध्यनजगर्दै आयोगले अप्रिल २९ मा फाल्टा विधानसभा क्षेत्रमा भएको मतदानलाई अमान्य घोषित गरेको छ र सबै मतदान केन्द्रहरुमा नयाँ मतदानगर्न आदेश दिएको छ । निर्वाचन आयोगले कुनैपनि प्रकारको गडबडी दोहोरिन नदिन आवश्यक पर्नेअनुसार पर्याप्त केन्द्रीय बल, व्यापक निगरानी र वेबकाष्टिङको व्यवस्था गर्न निर्देशन दिएको छ । यसकासाथै भोटिङ प्रक्रियाको भिडियोग्राफी र कडा निगरानीका लागि पनि निर्देशन दिइएको छ । रासस,एएनआई