
काठमाडौं, २१ वैशाख । बर्तमान सरकारले देशलाई निजीकरणतर्फ लाने नीति लिएकै केला नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भने समाजवादतिर जाने हतारो परेको देखिएको छ । उहाँ अब कम्युनिष्ट एकतागरेर समाजवाद तिर जाने हुनुभएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा हिजो उहाँले सबै कम्युनिष्टहरु एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताउनुभएको थियो ।
उहाँले हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि बिभिन्न कम्युनिष्टसमूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा शुरुगर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिष्टहरुलाई पनि एकताबद्ध गर्छौं भन्नुभएको थियो । उहाँले पछिल्ला उपलब्धिलाई थप व्यवस्थितगर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताउनुभएको थियो । तर कम्युनिष्ट एकताका लागि खास पहलभने हुनसकेको छैन ।