
काठमाडौं,२२ वैशाख । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त समितिका सभापतिहरुसँग छलफल गर्नुभएको छ । हिजो भएको छलफल सदनको कामकाजलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
समिति सभापतिहरुले संसद अधिवेशनबारे विषय उठाए पनि सभामुख अर्यालले त्यसबारे आज मगलबारमात्रै निर्णय हुने बताउनुभएको थियो । छलफलमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवी कुमारी, उपाध्यक्ष लिलाकुमारी भण्डारी, संसदका महासचिव, सचिवहरु र समितिका सचिवहरुको उपस्थिति रहेको थियो ।