
काठमाडौं,२२ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आज पनि जारी छभने आज नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ । साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनुहुने र बाँकी पदाधिकारीका लागि निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले आज ७३ पदका निर्वाचन हुने बताउनुभएको छ । उहाँले कुल ७३ पदका लागि १३७ जनाले उम्मेदवारी दिएको बताउँदै आज मंगलबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने बताउनु भएको छ ।
निर्वाचनमा दुईहजारभन्दा बढीले मतदानगर्ने भएका छन् । निर्वाचनको नतिजा भोली बुधबार मात्रै घोषणा हुनेछ । चारजना उपाध्यक्ष र बाँकी सदस्य पदमा निर्वाचन हुने पौडेलको भनाई छ । उहाँले जिल्ला नगरबाट २, एशोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष हुनेछन्भने बाँकी सदस्यमा निर्वाचन हुनेछ ।
पूर्वपदाधिकारी वा जितेकामध्ये तीन कार्यकाल कार्यसमितिमा रहेका जुनसुकै वरिष्ठ उपाध्यक्षको दाबेदार हुन सक्ने बताउनुभएको छ । एशोसिएसटतर्फ १ हजार ८५०, जिल्ला नगरतर्फ १२९, वस्तुगत संघमा १०७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय आठ र संस्थापकतर्फ १२ जना मतदाता रहेको थाहा भएको छ ।