काठमाडौं,२२ वैशाख । बिभिन्न पार्टी निकटका १० वटा बिद्यार्थी संगठनसंलग्न संयुक्त विद्यार्थी आन्दोलनले सरकारसँग आपसी सम्मानका आधारमा वार्ता अघिबढाउने भएको छ । प्रधानमन्त्री शाहले बिद्यार्थी संगठनलाई स्लिपर सेलजस्तो शब्द प्रयोग गरेकोप्रति उनीहरुले आपत्ति पनि जनाएका छन् । नेपालको बिद्यार्थी आन्दोलन ऐतिहासिक रुपमा लोकतन्त्र, अधिकार र सामाजिक परिवर्तनका लागि महत्वपूर्ण शक्ति रहँदैआएको उल्लेखगर्दै उनीहरुले वक्तव्यमा विगतका संघर्षहरुले वर्तमान व्यवस्थाको निर्माणमा योगदान पु¥याएको स्मरण गरिएको छ । हाल विद्यार्थी आन्दोलनभित्र देखिएका केही चुनौतीहरुलाई स्वीकारगर्दै तिनको सुधार र सुदृढीकरणका लागि बिद्यार्थी संगठनहरु प्रतिबद्ध रहेको पनि जनाइएको छ ।
जसका लागि सरकार, विद्यार्थी संगठन र अन्य सरोकारवालाबिच खुला संवाद र सहकार्य आवश्यक रहेको जोड दिइएको छ । संयुक्त विद्यार्थी आन्दोलनले सरकारसँग आपसी सम्मानका आधारमा वार्ता अघिबढाउन आग्रहगर्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र सहिष्णुतालाई कायमराख्दै साझा समाधान खोज्न सबै पक्षलाई आह्वान गरेको छ ।