काठमाडौं, २८ वैशाख । सत्तारुढ रास्वपाको आगामी ३० गते केन्द्रिय समितिको बैठक बोलाइएको थाहाभएको छ । आन्तरिक कलह बढेपछि कतिपयको सदस्यता खारेज गरिएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा हिजो आइतबार बसेको सचिवालय बैठकले आगामी बुधबार केन्द्रीय समिति बैठक बोलाएको महामन्त्री कविन्द्र बुर्लाकोटीले समाचारदाताहरुलाई जानकारी दिनुभएको हो । महाधिवेशन कार्यविधि–०८३ अनुमोदन, महाधिवेशनको मिति प्रस्ताव लगायत विषयमा छलफलगर्न केन्द्रीय समितिको बैठक बोलाइएको बुर्लाकोटीको भनाई छ । गत २० गते बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार छनोट रुपरेखा, संसदीय दलको विधान संशोधन गरेको थियो । रास्वपाले भदौ वा असोजमा पहिलो महाधिवेशनगर्ने तयारी गरेको छ । रास्वपाले पार्टी हित विपरीत कार्य गरेका १५ जना सदस्यहरुको सदस्यता खारेज गरेको हो । हिजो आईतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले १५ जना सदस्यहरुको सदस्यता खारेजीगर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभएको हो । बैठकले सदस्यता खारेज गरेकाहरुको नामावली सार्वजनिक गरिएको छैन ।

सो पार्टीको हिजो बसेको केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ । स्टार्ट–अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी आरएटी(¥यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको छ । त्यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।

भेला तथा अधिवेशन विशेष तालिका स्वीकृतगर्ने निर्णय गरिएको थियो । त्यसैगरी आगामी जेठ दुईगते वडा भेला (समिति गठन नभएका वडाहरुमा) जेठ तीनमा वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा) जेठ नौगते पालिका भेला (समिति गठन नभएका पालिकाहरुमा) जेठ १० गते पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका) जेठ १६ गते वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा) जेठ १७ गते पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका) जेठ २३ र २४ गते जिल्ला अधिवेशन हुने भनिएको छ ।