काठमाडौं, २८ वैशाख । आजबाट संसदको बर्षे अधिवेशन शुरुहुँदै छभने आजै राष्ट्रपति रामचन्द्र पौडेललेबाट सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुँदैछ । राष्ट्रपति पौडेलले आज संसदका दुवै सदनलाई सम्बोधनगर्ने कार्यक्रम रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिनु भएको हो । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले आजै अपरान्ह ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा अपरान्ह ३ ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ ।

त्यसअघि अपरान्ह २ः०० बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक हुनेछन् । संसद सचिवालयकाअनुसार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिने, मन्त्रिपरिषद्को हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची छ ।

त्यसैगरी, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षतागर्ने सदस्यहरुको मनोनयन, प्रतिनिधिसभा नियमावली–०७९ को नियम २६० बमोजिम जारीभएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने, प्रतिनिधिसभा नियमावलीको मस्यौदा पेश हुनेलगायत कार्यसूचीे छ । त्यसैगरी, सरकारबाट जारी भएका ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश–०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–०८३, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश– ०८३ लगायत आठवटा अध्यादेश पेशगर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।