काठमाडौं,२ जेठ । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई थुनामुक्तगर्न आदेश गरेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाइपछि हिजो हाजिर जमानीमा थुनामुक्त गर्न आदेश गरेको हो । आदेशमा बन्दी ज्योति प्रकाश पाण्डेलाई निवेदकले रोजेको निजको तर्फबाट प्रतिनिधित्वगर्ने कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा देश छोडि बाहिर जानु पर्दा अदालतको अनुमति लिएर मात्र जान पाउने तथा अपराध अनुसन्धान तहकीकातको सन्दर्भमा आवश्यक परेका बखत उपस्थित हुनु ।

कागज गराई थुनामुक्त गरी मुलुकी फौजदारी कार्यविधि संहिता–०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा राखी आरोपित कसुरको अनुसन्धान तहकिकात गर्नु, गराउनुभनी बन्दीप्रत्यक्षीकरणको आदेश जारीगरी दिएको छ भनिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले स्मार्ट टेलिकमको विषयलाई लिएर प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई गत वैशाख २९ गते पक्राउ गरेको थियो । पाण्डेको पत्नी निरु दाहालले गैरकानूनीरुपमा हिरासतमा राखेको उल्लेखगर्दै गत वैशाख ३० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियोे ।