
काठमाडौं,२ जेठ । आज दिनको एकबजे भक्तपुरको गुण्डुमा एमालेको सचिवालय बैठक बस्दै छ । आजको बैठकमा पार्टीको कार्य बिभाजनबारे छलफल हुने कार्यक्रम छ । बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुनसक्ने एमालेका नेताहरुको भनाई छ । तर नेताहरुलाई बैठकको एजेन्डाबारे कुनै औपचारिक जानकारी दिइएको छैन । पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरकाबारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ ।
सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेरगर्ने तयारी भइरहँदा आज सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुनसक्ने कतिपयको भनाई छ । पछिल्लो समयमा एमाले संसदमा आक्रामक रुपमा प्रस्तुत भएको छ । त्यसैगरी नेपाली कांग्रेससँगको गठबन्धन पनि कायमै राख्ने बताइउको छ ।