काठमाडौं, ५ जेठ । ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई गएराति पर्सा प्रहरीले अकस्मात पक्राउ गरेपछि आज बिरोध प्रदर्शनको तयारी भैरहेको बताइएको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई गएराति ‘जरुरी पक्राउ पूर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभएको छ ।

उहाँले संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ भन्नुभयो । प्रसार्इं आज बिहान गहवामाई मन्दिर परिसरमा हुनलागेको पुजा आजा कार्यक्रमका लागि वीरगञ्ज पुग्नुभएको थियो ।